Saturday, August 14, 2010

आयो नेपालमा CB Twister.....

लामो समयदेखि नेट सर्फिङ् गरि "सिबी ट्विस्टर" पर्खिरहेका नेपाली बाइक पारखीमाझ अब भने प्रतिक्षाको घडि अन्त्य भएको छ । भारतमा लञ्च भएको २ महिनापछि नेपाली बजारमा भित्रिएको १०९ सिसि इञ्जिनयुक्त ट्विस्टर आफ्नो सेगमेन्टको सबैभन्दा उत्कृष्ट बाइक भएको हल्ला केवल हल्ला मात्र होइन । यसका विशेषताका अगाडि अरू १०० सिसि रेञ्जका बाइक नजिक कतै पनि आइपुग्दैनन् । फ्युल ट्याङ्कको दुवैपट्टि भएको विङ्ग्सले ट्विस्टरको सुन्दरता अझै निखारिदिएको छ । अगाडिबाट हेर्दा जति महङ्गोजस्तो देखिन्छ, त्यति नै सबैको गोजिसुहाउँदो बाइक हो होण्डाको सीबी ट्विस्टर । पावर र स्टाइलको राम्रो समिश्रणको रूपमा आएको यस बाइकमा ८ लिटर तेल अट्ने ट्याङ्क छ । सहरमा ६९ र हाईवेमा ७८.५ को तेलऔसत दिने ट्विस्टर औसत एक लिटरमा ७१.३ किलोमिटर दौडने गर्छ । ०-६० किलोमिटर ६.७ सेकेण्डमा पुग्ने १०९ सिसिको बाइक शायद यो नै पहिलो होला । चारवटै गियर अगाडिपट्टि हान्नुपर्ने यो बाइकको जमिनदेखि इञ्जिनसम्मको उचाइ १६५ एमएम, पाङ्ग्राको बिचदेखि जमिनसम्मको उचाइ १३०५ एमएम, लम्बाई २०४० एमएम र तौल १०८ केजी रहेको छ । किकस्टार्ट र सेल्फस्टार्ट दुवै सुविधामा पाइने यो बाइकको किकस्टार्ट भर्सनमा ड्रमब्रेक मात्रै रहेको छ भने किकस्टार्टमा अगाडिपट्टि डिस्कब्रेक जडान गरिएको छ । ट्विस्टरले 6000 rpm मा 9N-m को उच्च torque निकाल्छ ।

ट्विस्टरको ब्रेकिङ् भने अलिकति कमजोर रहेको छ । पानी परेको मौसममा पछाडिको चक्का अलि चिप्लिएकोजस्तो भान हुन्छ । अगाडि चक्काको हिलो रोक्ने गार्डले पनि त्यति राम्रोसँग हिलो रोक्न सक्दैन । अलि राम्रो जुत्ता लगाएर हिलोमा चलाउँदा जुत्ता खराब हुनसक्छ । यसमा ८० किलोमिटर प्रतिघन्टाबाट रोक्नका लागि ३.२ सेकेण्ड, ६० किमि प्रतिघन्टाबाट रोक्दा २.२३ सेकेण्ड र ४० किमि प्रतिघन्टाबाट रोक्नका लागि १.४३ सेकेण्ड लाग्छ । तर पनि १०० सिसिका अरू बाइकभन्दा यो ब्रेकिङ् राम्रै मान्न सकिन्छ । १७ ईञ्चको ट्युवलेस टायरले पंचरबाट हुने दिक्दारीलाई अलि कम गर्छ जुसलाई यसको सबल पक्ष मान्न सकिन्छ ।

स्टाईल र पावरको समीश्रण 'सीबी ट्विस्टर'लाई नेपालमा लगभग एक लाख पैँतालीस हजारको हाराहारीमा पर्न आउँछ । यति धेरै सुविधा, अरू बाइकजस्तै मुल्यमा पाएपछि अरू के खोज्नु र !!!!


1 comment:

  1. ब्लगको निरन्तरता र मातृब्लग (gufgaf.com) जस्तै सफलताका लागि शुभकामना :)

    ReplyDelete