Friday, August 27, 2010

नेपाली बजारमा आएको हम्मर(हम्मि).....





नेपालमा हम्मर आयो भन्दा धेरैलाई पत्याउन गार्हो पर्न सक्छ। म पनि त्यहि पात्रमध्ये एक हुँ। तर यो वास्तविकता हो। हम्मर जेनेरल मोटर्सको सिस्टर कम्पनिको रुपमा सन् १९९२ मा अमेरिकामा लन्च गरिएको थियो। सुरुमा यो गाडि सैन्य प्रयोजनलाई बनाइएता पनि H3 र H4 आएपछि भने सर्बसाधारणको पनि यस प्रति ध्यान आकर्षित भयो। तर विश्वव्यापी आर्थिक मन्दि आयपछि जि.एम टाट पल्टिने अवस्थामा पुग्यो र हम्मरलाई चाइनाको सिचुआन तेन्जझोङ(Sichuan Tengzhong) कम्पनिले सन् २००९ मा खरिद गर्यो ।

हम्मर पावर, लुक्स, युटिलिटि, लक्जरिको तागतिलो समिश्रण हो। झट्ट हेर्दा ट्रक जस्तो लाग्ने हम्मर एकदमै आरामदायी छ। चालकलाई थकान महसुस नहोस् र यात्रुलाई पनि आरादामदायि महसुस होस् भनेर हम्मरले विशेष ध्यान राखेको छ। यसमा सामान राख्ने पर्याप्त स्थान छ। यसको ग्राउन्ड क्लियरेन्स पनि नेपाली बाटो सुहाउँदो छ। चालकले गाडिमा के-कस्तो खराबी छ या छैन भनेर भित्र स्क्रिनमै हेर्न सक्छ। हम्मर किन्न पातलो गोजि भएका मान्छेलाई भने आकाशको फल आँखा तरि मर सरह नै हुन्छ किनभने नेपालमा यसको मूल्य १.५ करोड भन्दा पनि माथि पर्न आउँछ। म त्यति पैसा हालेर किन्छु भनेर कोहि तम्सिदैँ हुनुहुन्छ भने पनि यसको माइलेज सुनेर नअत्तालिनु होला किनभने यसले काठमाडौँमा बढिमा ३ कि.मि प्रति लिटर दिन्छ।

अब यत्रो पैसा हालेपछि एयरब्याग, एसि, एबिएस, ट्रयाक्सन कन्ट्रोल आदि छ कि छैन भनेर पनि के सोच्नु, यस्तो सुबिधा त ३० लाखको गाडिमा पनि पाइन्छ, यो त झन् हम्मर। यसमा नहुने त कुरै भएन। अहिले नेपालमा लन्च भएको चाहिँ फुल साइज एसयुभि(SUV) हो। यसको इन्जिन ६.२ लिटरको को हो र यसमा ६ गियरको अटोमेटिक ट्रान्समिसन छ। यसको मतलब गाडि कुदाको बेला क्लच दबाउँदै गियर फेर्नु पर्दैन, गाडिको रफ्तार सँगै यसको गियर आफै फेरिन्छ। यसको लम्बाइ ५,१६९ मिलि मिटर, चौडाइ २,०६२ मिमि, उचाइ २,०१२ मिमि र यसको तौल ३००० के.जि छ। यो अगाडि पट्टि इन्जिन भको ४ ह्विल ड्राइभ भिएकल(vehicle) हो।



नेपालमा अहिले महँगो एसयुभि टोयोटाको ल्यान्ड क्रुजरलाइ मानिन्छ। धेरै नेपालिहरुको घरको सान बनिसकेको गाडि हो ल्यान्ड क्रुजर। नेपालमा एसयुभि पारखिहरुको पहिलो रोजाइमा पर्न सफल गाडि ल्यान्ड क्रुजर नै हो। अब नेपालमा विश्मै सबैभन्दा उच्च दर्जाको मानिने एसयुभी लन्च भएको छ। यि दुबै गाडि निकै सफल एसयुभि हुन्। स्टाइल र पैसा दाँज्दा ल्यान्ड क्रुजर हम्मरभन्दा परै छाडिन्छ। पावरमा पनि हम्मर निकै अगडि छ। सुरुमा धेरै पैसा हालेर किने पनि यसको माइलेजबाट असन्तुस्टि हुनु जायज नै कुरा हो। यदि माइलेजको कुनै चिन्ता छैन भने ल्यान्ड क्रुजरमा १.५ करोड भन्दा भढि पैसा खर्चनुभन्दा हम्मर किन्नु नै बुद्दिमानि हुन्छ। बाटमा हम्मर देखियो भने पनि हेर्नेको लामै तातिँ लाग्ने कुरामा निश्चय नै दुई मत छैन। ल्यान्ड क्रुजरको सेखि झार्न ढिलै भएपनि नेपाली बजारमा हम्मर आइपुगेको छ। तर अब नेपाली करोडपतिले यसलाई कत्तिको रुचाउँछन्, त्यो त अब भविश्य नै साक्षि रहनेछ।

3 comments:

  1. हम्मरको जय होस् ! आफूले त ढुङ्गा फोरियो हम्मरले ! मान्छेहरूले चढेर हिड्ने भएछन | अरू के के हुँदैछ हालचाल नेपाली बजारमा ? गफगाफको सिलसिलामा यसरी नै जानकारी दिदै गर्नु होला है !

    ReplyDelete
  2. धन्यबाद!!! यहाँहरुको न्यानो साथ पाइरखियो भने तपईहरुलाई नेपाली अटो बजारको नयाँ अपडेटस् हरु म पस्किरहनेछु!!!!!

    ReplyDelete
  3. यो गाडी यता खासै चलेन | बाटोमा फाट्ट फुट्ट मात्र देखिन्छ | शायद अनावश्यक जबर्जस्त भएर होला | तेल पनि उत्तिकै खाने |

    ReplyDelete